आजको राशिफल: २०७६ भदौं २३ गते

आजको राशिफल: २०७६ भदौं २३ गते
आजको राशिफल

वि.सं. २०७६ भाद्र २३ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०९ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : हरिपरिवर्तिनी एकादशी व्रत, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) एकादशी तिथि, मध्यरात्रीपछि ०१:५७ बजेसम्म, त्यसपछि द्वादशी तिथि, पूर्वाषाढा नक्षत्र, दिउँसो ११:५७ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, साँझ ०६:०५ बजेसम्म, त्यसपछि मकर राशिमा, सौभाग्य योग, बेलुका ०८:५६ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा वणिज करण दिउँसो ०१:३६ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०१:५७ बजेसम्म, अन्तिममा बब करण,  आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४५ बजे,  सूर्यास्त : साँझ ०६:१५ बजे, दिनमान : ३१ घडी १५ पला (१२ घण्टा ३० मिनेट, रात्रीमान : २८ घडी ४५ पला (११ घण्टा ३० मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । भाग्यभावमा कमजोर चन्द्रमा उपस्थित भएकाले कुनै महत्त्वपूर्ण काममा गरिएको निर्णयले धोका दिनसक्छ, जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । विशेष गरी लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा राम्रै परिणाम हात पर्नेछ । मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैन, सामान्य निराशाबोध हुनेछ । साँझ कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसपछि कर्मप्रति समर्पित हुने र लक्ष्यप्रति निर्णय गर्ने परिस्थिति बन्नेछ । आज कर्मक्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ ।

शुभरङ्ग : सेतो वा पहेंलो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : कुलगुरु/शिवजी
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग

के नगर्ने : आडम्बर र ढोंगीपन

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सुरुमा आठौं घरमा चन्द्रमा रहने छ, तुजुक देखाउने काम र लापरवाहीप्रति सजग हुनुपर्ने दिन हो । तर स्वाभाविक रूपमा आत्मबल र हिम्मतको प्रयोग गर्नसक्ने डराइहाल्नु पर्ने समय पनि छैन । आज दूरदराजको उपलब्धीमूलक र रमणीय यात्रा हुनसक्छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ । रातीअबेर भाग्यस्थानमा चन्द्रमा पुग्ने भएकाले दिन छिप्पिंदै जाँदा हाँके/ताकेका काममा सफलता मिल्दै जानेछ ।

शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्

के नगर्ने : असुरक्षित यात्रा

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुरुमा सातौं भावमा कमजोर चन्द्रमा रहेकाले एकाबिहानै के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । सकेसम्म घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ तर शैक्षिक र बौद्धिक क्षेत्रमा उन्नति गर्न सकिंदैन । सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन् । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहने छैन । मानसिक असन्तुष्टि र खिन्नता बढ्ने समय हो, व्यक्तिगत स्वास्थ्य र घरायसी समस्याले तनाव उत्पन्न हुनसक्छ । बेलुकाको यात्रा हानिकारक बन्ने देखिन्छ, त्यसैले बास बस्ने गरी टाढा जानु राम्रो हुँदैन ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : परिवारमा अधिकतम समय दिने

के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । प्रशासनिक क्षेत्रका काम, वादविवाद र मुद्दामामिलाका क्षेत्रमा कार्यरतहरूले उपलब्धी हासिल हुने समय छ । तर छैटौं भावमा चन्द्रमा रहेकाले दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ ।

शुभरङ्ग : हलुका सेतो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भगवान् शङ्कर

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने

के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ, व्यवहारिक कारणले दिउँसोसम्म समय निकाल्न गाह्रो भए पनि दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । चिन्तन र उपाय महत्त्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । व्यवसायमा मिहिनेत गरेबमोजिम लाभ नै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन् । बेलुका आवेश र रिसरागतर्फ मन आकर्षित हुनेछ । मुखमा पकड नभएकाले थोरै बोलेको जाति हुन्छ । किशोरकिशोरी भावनात्मक क्रियाकलापमा रुमल्लिने समय छ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने

के नगर्ने : बुद्धिको दुरुपयोग

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ । कुनै अप्रत्यासित आम्दानीको सङ्केत छ । साँझ खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च बढ्न सक्छ । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ । घरबाहिर बस्ने वा वैदेशिक क्षेत्रमा रहेकाहरूलाई घर र आमाको यादले सताउने समय छ ।

शुभरङ्ग : रातो वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : भगवती दुर्गा

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने

के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । पुरानो कारोबार र कर्जाले समस्या उत्पन्न गर्ने समय हो, सचेत हुनुपर्छ, समग्रतामा आजको समय तपाईंको पक्षमा नै रहने सङ्केत छ ।

शुभरङ्ग : गाढा नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण

के नगर्ने : घमण्ड

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो हुन्छ । दैनिक कामकाजमा व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला, त्यसैले बढी आशावादी बन्नु हुँदैन । आहारविहार र खानपानको समयमा परिवर्तन आउन सक्छ । आज तपाईंका इच्छा र भावनाको कदर नहुन सक्छ, अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, बोलीमा खासै प्रभाव रहने छैन, मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनुपर्छ ।

शुभरङ्ग : घिउ रङ

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने

के नगर्ने : अनावश्यक खानपान

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
राशिमा नै चन्द्रमाको उपस्थिति छ, तर शनिश्चर र केतुसमेत साथमा रहेकाले मन अस्थिर र कातर बन्नसक्छ, तर आज मन दोधार नबनाउनु होला, नत्र तपाईंले आएको अवसरलाई समात्न नसक्नाले पछुतो हुनसक्छ । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्ने अनुकूलता हुँदैन, जेगरे पनि आफ्नै पाखुरी र मस्तिष्क खियाउनु पर्नेछ । सानातिना यात्राबाट छिटपुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ ।

शुभरङ्ग : सिन्दूरे रातो

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने

के नगर्ने : हडबड र शीघ्रता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज साँझ तपाईंको आफ्नै राशिमा चन्द्रमाको आगमन हुनेछ, तर उदयकालमा व्यय क्षेत्रमा चन्द्रमा रहेकाले दिनभरि मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन ।

शुभरङ्ग : सेतो वा बैैजनी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दान, धर्म, परोपकार

के नगर्ने : रिसराग, उद्वेग र क्रोध

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । सरकारी वा प्रशासनिक काम छन् भने दिनभरिमा सिद्ध्याउनु राम्रो हुन्छ, बेलुका बाह्रौं भावमा चन्द्रमा पुग्ने भएकाले दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । आम्दानीका मार्गमा ध्यानकेन्द्रित हुँदैन, बरु भोगविलासतर्फ मन आकर्षित हुनेछ, खर्च गर्न मन हौसिने छ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्म क्षेत्रको चन्द्रमा कमजोर भएकाले परिश्रमसाध्य दिन छ । आज अल्छी गर्नाले कुनै महत्त्वपूर्ण काममा बाधा पुग्ने समय हो, त्यसैले गर्नैपर्ने काममा दत्तचित्त हुनु आवश्यक छ, याद गर्नुहोला, आफैं अघि नसरी सोचेको काममा सफलता मिल्दैन, त्यसैले आलस्य त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । बन्दव्यापार वा रोजगारीका नयाँ विकल्पका बारेमा चिन्तन हुनसक्छ, तर अहिले नयाँ ठाउँमा लगानी गर्नु मुनासिब छैन । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ । घरका बृद्ध पुरुष नातेदारको स्वास्थ्यस्थितिमा प्रभाव पर्ने दिन छ । उद्योगधन्दा र बन्दव्यापारमा राम्रै छ । इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा मिहिनेत गरेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : महालक्ष्मी

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने

के नगर्ने : लोभ र मोह

Post Comment