सुजाता कोइरालाले भनिन् :’म हिन्दू हुँ तर पशुपतिनाथ जान हिच्किच्याँउछु’

सुजाता कोइरालाले भनिन् :’म हिन्दू हुँ तर पशुपतिनाथ जान हिच्किच्याँउछु’
राजनीति

नेपाली काग्रेंसकी नेतृ सुजाता कोइरालाले आफु हिन्दु भएर पनि पशुपतिनाथमा जान हिच्किच्याँउने गरेको बताउनुभएको छ ।

आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पशुपतिनाथ क्षेत्रको गुरु योजनाबारे छलफल गर्न आयोजित कार्यक्रममा बोल्दै नेतृ कोइरालाले आफूलाई धेरैले पशुपतिमा बोलाएपनि आफु त्यहाँ नजाने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘साँच्चि भन्नी हो भने म आफै हिन्दु हुँ, मलाई पशुपतीमा पुँजा आरती गर्नका लागी धेरै बोलाइन्छ तर म त्यहाँ जान एकदमै हिच्किच्याँउने गर्दछु ।’ उहाँले भन्नुभयो,–‘पशुपति नाथ जान मलाई त्यति मनै लाग्दैन, किनभने त्यहाँ एकदम फोहोर छ । नदीहरु गनाईराखेको हुन्छ, ट्वाइलेट त्यस्तै फोहोर छ, वातावरण पुरै विग्रिएको छ ।’

सोही अवसरमा उहाँले शिवरात्रीका अवसरमा आउने नाङ्गाबाबाहरुले देशकै बेइज्जत गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘संसारमा यसरी नाङ्गै बसेको त मैले अन्त कही पनि देखेको छैन । यो समाजको लागि विकृति हो ।’ पशुपतिमा नाङ्गै हिड्ने जोगीहरुलाई पूर्णरुपमा बन्द गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले असन्तुष्टि पोख्दै भन्नुभयो, कहाँ कहाँबाट यसरी आएर नाङ्गा नाँच गर्न पाइन्छ ? यो नौटङ्की बन्द गराउनुहोस् । आउँदो शिवरात्रीमा यस्तो देख्न नपरोस् ।’ कोइरालाले भन्नुभयो ‘यस्तो नाङ्गै नाचेर बालवालिका, महिलाका अगाडी देखाउने नाचले धर्म हुँदैन यसले त महिलाको अपमान गरेको छ ।

उहाँले पशुपतिनाथ मन्दिरमा दैनिक बढ्दै जाने दर्शनार्थीहरुलाई मध्यनजर राखेर पनि त्यसको व्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Post Comment