नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको शैली नसच्चिए पूर्वराजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका छन् ।
बुधबार धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै उनले मुलुक संघीयतामा गइसक्दा पनि सम्पूर्ण अधिकार केन्द्रमै राखेको भन्दै सरकारले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाए ।
आउँदो मंसिर १४ गते हुन लागेको धरान उपमहानगरपालिकाको मेयरको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।