डिसीमा वीपी जयन्ती कार्यक्रम सम्पन्न

डिसीमा वीपी जयन्ती कार्यक्रम सम्पन्न
राजनीति

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा स्वर्गिय बिस्वेस्वर प्रशाद कोइरालाको १०६औं जन्मजयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका संस्थापक, नेपालका प्रथम जन-निर्वाचित प्रधानमन्त्री एवम वरिष्ठ साहित्यकार स्व.बिपीको सम्मानमा एक मिनेट मौनधारण् गर्दै सुरु भएको उक्त कार्यक्रमका बिशेष अतिथी र सहभागीहरूद्वारा नेता कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एबम सांसद डा.मीनेन्द्र रिजालले नेपाली कांग्रेसको स्थापना र २००७ साल को क्रान्तिमा स्वर्गीय नेताबाट भएको नेतृत्वको चर्चा गरे ।

कार्यक्रममा साहित्यकारहरू प्रकाश नेपाल, मोहन निरौला, विमला निरौला, भरत रेग्मी, किरण सिंह थापा आदिले कविता बाचन गर्दै साहित्यकार कोइरालाप्रति श्रद्धान्जली ब्यक्त गरे ।

Post Comment