‘नेपालमा चीनमाजस्तो कम्यूनिष्टकरण हुन दिँदैनौं’

‘नेपालमा चीनमाजस्तो कम्यूनिष्टकरण हुन दिँदैनौं’
राजनीति

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले नेकपा नेतृत्व सरकारले चीन सरकारसँग सी विचारधाराका लागि गरेको सम्झौताले मुलुकलाई एक दलिय अधिनायकत्व लाद्न खोजेको आरोप लगाए ।

सोमबार जनकपुरमा प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘अहिलेकोे कम्यूनिष्ट सरकारले दुई तिहाई मतको दुरुपयोग गरेको छ । नेपालमा चीनमा जस्तो कम्यूनिष्टकरण हुन कुनै हालतमा हामी दिदैनौ।’

वर्तमान संविधानप्रति सबैको स्वामित्व बढाउन संशोधन गर्नुपर्ने बताएका छन् । खाँणले संविधान सर्वस्वीकार्य हुन संशोधन जरुरी रहेको बताएका हुन् । सरकारले संसदीय व्यवस्थालाई बाईपास गरी कार्यकारी प्रणालीलाई कार्यान्वयन गरेर दुई तिहाईको सरकार अघि बढ्न चाहेको उनको आरोप छ । उनले सरकारलाई निरंकुश हुनबाट बचाउन, संसदीय व्यवस्था र लोकतन्त्रलाई टिकाउन काँग्रेस अडिग रहेको बताए ।

Post Comment