काठमाडौँ, १४ वैशाख । गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पलाई केन्द्रबिन्दु बनाएर कवि नारायण ज्ञवालीले रचना गर्नुभएको छन्दोबद्ध काव्य ‘मनकम्पन’को आज यहाँ विमोचन गरियो ।
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ साहित्यकार कमलमणि दीक्षित र काव्यकार ज्ञवालीले उक्त काव्यको संयुक्त रुपमा विमोचन गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ छन्दकवि भुवनहरि सिग्देल, वुनू लामिछाने, डा देवी नेपाललगायतले कृतिभित्रका केही कविता वाचन गर्नुभएको थियो ।