छाउपडीको अन्धबिस्वासमा महिलाहरुले कहिलेसम्म ज्यान गुमाईरहने ?

छाउपडीको अन्धबिस्वासमा महिलाहरुले कहिलेसम्म ज्यान गुमाईरहने ?
विचार

-करन साउद

अन्धबिश्वास, कुरिती, कुसंस्कार, अशिक्षा यस्ता चिज हुन जसले जिवनमा कल्पना समेत नगरेका घटनाहरु घटाउछन। अशिक्षाले नै कालो अक्षर भैंसी बराबरको संकेत गर्छ। समाजमा परापुर्व देखि हाल सम्म जरा गाडेको कुसंस्कार कुरितीको कारणले कतै हामी अंध्यारोतिर त गैरहेका छौनौ?

यस्ता थुप्रै प्रश्नले कताकता सताईरहेको हुन्छ । पुरानो रुढीबादी परम्परा अनि समाजमा निकै जरा जमाएर उन्मुलन हुन नसकेको छाउपडी प्रथाले आज कयौ दिदिबहिनीहरुले अकाल मै ज्यान गुमाउनु परेको अवस्था छ।महिलाहरुको महिनावारी तथा गर्भवती भएको समय बाहेक हरेक महिनामा एक पटक बाहिर सर्ने प्रथालाई नै छाउपडी प्रथा भनिन्छ । नेपालमा सबै ठुलो बडि अथवा समस्याको रूपमा यो प्रथा सुदुर पश्चिममा कायम भएको छ।

छाउ हुदा घरमा बसे देवता रिसाउने खत लगाउने गाई भैंसी खुन दुन छुन नहुने घ्यु दहि दूध जस्ता कुराहरु दिन नहुने छाउपडीले आफुलाई छोए देवता रिसाएर आफू बिरामी हुने घरमा नोक्सान हुने अधिक अन्धबिश्वासले सुदुर पश्चिमका प्रायः ९ वटै जिल्ला लाई छोएको देखिन्छ ।
छाउपडिको लागि पशु चौपाया लाई राख्ने सरहको एउटा् सानो गोठ घर भन्दा निकै लामो दुरिमा बनाएको हुन्छ।बिहेबारी भैसकेकी महिलाले ४/५ दिन सम्म उक्त गोठमा बस्ने खाने नुहाउने ब्यब्स्था हुन्छ भने बिहे नगरेकी केटि युवती भए ६/९ दिनसम्म गोठमा बस्नु पर्ने हुन्छ । त्यही एउटा् सानो अँध्यारो अनि सर्प लगायत विभिन्न किरा फटयांग्रोको डर र कतै बाट हावा जाने आउने नभएको कारण अक्सिजनको कमि भएर ज्यान नै गुमाउनु पर्ने पीडा छाउपडी प्रथामा कायम नै छ।

यो प्रथा हटाउन विभिन्न समय काल खण्डमा थुप्रै अभियान तथा कार्यक्रम चलाईए पनि सुदुर पश्चिमका प्रायः सबै जिल्लामा छाउपडी प्रथा कायम नै रहेको देखिन्छ। सुदुर पश्चिमको पहाडी जिल्ला अछाममा मात्र बर्सेनि ८/९ जना महिला दिदिबहिनीहरुले छाउपडी प्रथा कै कारण अकाल मै ज्यान गुमाउनु परेका केही ज्वलन्त उदाहरणहरु हामी समक्ष प्रष्ट छन् । केही दिन अगाडि मात्र अछामको साफे बगर नगरपालिका ३ सिद्देश्वरमा पार्वती बुढाको गोठमा सुतेकै अस्वस्थामा १६ मंसिर २०७६ सोमबार राती मृत्यु भयो ।पार्वती बुढा २१ बर्षिय युवती हुनुहुन्थ्यो । छाउपडी प्रथा उन्मुलनको लागि १६ औ दिने अभियान तथा कार्यक्रम चलिरहेकै बेला यसरी घटना घट्नु भनेको हाम्रो महिला दिदीबहिनीहरुको लागि ठुलो चिन्ताको बिषय पनि हो। बुढाको मृत्यु अक्सिजनको कमिले भएको भन्ने खबर आएपनी मृत्यु भने रहस्यमय भएको देखिन्थ्यो।

अछामका कतिपय ठाँउमा महिलाहरु आफै सक्रिय भएर छाउगोठ भत्काईए भने कतिपय ठाँउमा पुरानो रुढीबादी परम्पराको अन्त्य गर्नुपर्छ र छाउपडी प्रथालाई हटाउनु पर्छ भन्ने भावनाले विभिन्न कार्यक्रमहरु पनि संचालन गरिएकै हुन । यसका साथ साथै कतिपय वडालाई छाउपडी गोठ मुक्त वडा भनेर पनि घोषणा गरिएका थिए तर सदियौ देखि निकै जरा गाडेर बसेको अन्ध बिश्वास र रुढीबादीले गर्दा आज हाम्री दिदिबहिनी आमा काकिहरुले अकाल मै ज्यान फाल्नु परेको छ।

हाम्रो समाजले अब पनि त्यही प्रथालाई नहटाउने हो भने अझै आउने दिनमा अप्रिय घटनाहरु न निम्त्याउलान भन्न सकिन्न। अत: अब यो प्रथा रुढीबादी अनि अन्ध बिश्वास लाई अन्त्य गर्दै सुदुर पश्चिम लगायत नेपाल भरी नै छाउपडी गोठ मुक्त वडा गापा नपा महा नगर पालिका बाट छाउपडी गोठ मुक्त गराईयोस र महिला दिदिबहिनीलाई एक नयाँ जिवनको अनुभूति होस । धन्यवाद ।

Post Comment