महेश नेपाल
ठुला मानिएका एक पछी अर्को नेतालाई निकै ठूलो रकमको भ्रष्ट्राचारको आरोप लाग्नु र प्रमाण सहीत भेटिनु नेपाली जनताको लागि निकै दु:खद कुरा हो । बिस्वासले अमुल्य भोट दिएर आफ्नु आशा र भरोसा पूरा होला र देशले समृद्धिको बाटो पक्रेला भनेर जिताएर पठाएको कुरो बिर्सिएर चोरलाई ढुकुटीको चाबी दिए जसरी देशको ढुकुटी रित्याएर अरबौ लुट्नेलाई कुनै पनि कोण बाट क्षमा दिन सकिन्न ।
आजसम्म हेर्ने हो भने हामीलाई लुट्न कस्ले छाडे ? राजाले लुटे, राणाले लुटे, काँग्रेसले लुटे, कम्युनिस्टले लुटे। एक दशक लामो युद्धमा देश नै थिलथिलो भयो । सबै कुराबाट आजीत भएका जनताहरुले दिक्क भएर सबैको बिकल्पकको रुपमा ल्याएको प्रजातन्त्र र गणतन्त्रमा झन जनताकै प्रतिनिधि भनिएकाहरु लुटेराका महाराजा निक्लिए ।
पुर्व प्रधानमन्त्री देखि मन्त्री, सांसद, मेयर, गाउपालीका अध्यक्ष र वडा अध्यक्ष समेत कोही पनी चोखो रहेनन । जस्ले जती सके उति लुटीरहेकै छन । यी लुटेराहरुलाई जतीसुकै ठुलो सजाय दिएनी कम्तीनै हुन्छ । देश र जनताप्रति गद्धारी गर्ने जोकोहीलाई फाँसी दिने ब्यवस्था नभै जनताले शान्तीको स्वास फेर्न पाउलान जस्तो लाग्दैन ।
बर्तमान अवस्थाको जनताको माग भनेको भ्रष्टाचारीलाई सर्वस्व सहित जन्म कैद या फाँसीनै हो । भनिन्छ नेपालको १० बर्षको बजेट त यी लुटेराहरुले भ्रष्टाचार गरेर आफ्नु नाममा पारीसकेका छन । जनता दिनदिनै गरीब हुँदै जाने यी लुटेराहरु दिनदिनै किर्नु मोटाएझै मोटाउदै जाने र पुस्तौ पुस्तालाई पुग्ने गरी सम्पत्ती जोड्ने अनि कसरी उँभो लाग्छ देश ?
पार्टीका जय जयकार गर्ने झोले कार्यकर्ताबाट माथी उठेर देश नै सर्वेसर्वा हो भन्ने सोचेर जबसम्म हामी स्वतन्त्र नेपाली जनता बन्न सक्दैनौ तबसम्म यिनले लुटीरहनेछन र देशलाई बर्षौ बर्ष पछाडी पारीरहने छन। आफुले समर्थन गरेको पार्टीले देशै लुट्दानी जय जय र अर्को आस्था भएकाले राम्रै काम गर्दानी अन्धोभक्त बनेर बिरोध नगरौँ । मान्छे भएसी मान्छेकै बिबेक प्रयोग गरौँ भेडो नबनौँ ।
भ्रष्टाचारी, बलात्कारि र आतंककारी कुनै आस्था, धर्म, पार्टी र जातको होस त्यो अपराधी नै हो । त्यसलाई माया नगरौँ । कुनै पनि बादमा आस्था हुन सक्ला तर भोट हाल्दा हाम्रालाई हैन राम्रालाई भोट हालौँ । गुट, पार्टी र वाद भन्दा माथी उठौँ । हामीले त दु:ख पायौं पायौँ तर अब हाम्रो सन्ततिले सुख पाउने वातावरण बनाउँ ।