जेन्सी, २१ चैत २१ चैत । युरोपेली देश फ्रान्समा कोरोना भाइरस (कोभिड १९) का कारण हालसम्मकै बढी व्यक्तिको नि’धन भएको छ । समाचारअनुसार त्याहाँ एकै दिन १ हजार ३५५ को मृत्यु भएको छ । योसँगै फ्रान्समा कुल मृ’तक संख्या ५ हजार ३८७ पुगेको छ ।
फ्रान्समा हालसम्म ५९ हजार १०५ जनामा कोरोना संक्रमण फैलिएको छ । जसमध्ये २ हजार ११६ जना बिहीबार नयाँ थपिएका संक्रमित हुन् । जसमध्ये १२ हजार ४२८ जना पूर्णरुपमा निको भइसकेको वल्र्डोमिटर्सले जनाएको छ ।
पछिल्लो समय फ्रान्समा संक्रमित संख्या तुलनात्मक रुपमा कम देखिए पनि मृ’तकको संख्या भने बढिरहेको छ ।