
बुढापाकाको एउटा भनाई छ नि “दशा बाजा बजाएर आउदैन” । हो समस्या मलाई मात्र भएको हैन । मेरो देशलाई मात्र भएको पनि हैन । सरकारले महामारी रोक्न गरेको प्रयास र यो कठोर कदमलाई गलत भन्न खोजेको हैन तर सरकारले गरेको कार्य शैली भने बिल्कुल गलत छ ।
लक डाउन गर्नुपर्छ । अरु राष्ट्र्हरुमा पनि गरिएको छ । जब अरु कुनै बिकल्प नभए पछि सहि हो । तर जो खाडिमा छन तिनिहरुको उद्दार कसरी गर्ने भन्ने कुरामा रत्ती पनि ख्याल नगरी सधै बन्द गरेर मात्र त हुदैन नि । शिक्षा का नाउमा लाखौ खर्छ गरेर अरबौ कमाउन ठुला ठुला मुलुक छिरेका हरु जस्ले रेमिटेन्स पठाउनु भन्दा आफ्नै खानदान लाई उतै सेटल गराउन आतुर हुन्छन् अनि अप्ठेरो पर्यो भने पछि देसभकी देखाउने हरु मात्र तिम्रा जनता हुन त ?
अनि अब के त सरकार ती बाबुको फाटेको टोपी उध्रीएको धोती र चुडिएको चप्पल फेर्ने सपना बोकेर परदेश पसेको छोरोले बाबुको मुख देक्न पाउछ भन्ने के ग्यारेन्टी छ ? “ज्यान भन्दा धन ठूलो हुदो रैछ आमा” भन्दै आमाको काख छोडेर साउको ऋण तिर्न खाडी पसेको छोरोले अब आमाको पैतालामा शिर झुकाउन पाउछ भन्ने के ग्यारेन्टी भयो ? “चालीस कटेसी रमाउला” भन्दै श्रीमती को सिउदो को सिन्दुर को टीका लगाएर आएको यी हातले अब श्रीमतिको मुख पनि देख्न पाउने हो कि हैन थाह भएन ? अझ छोराछोरी, साथी भाइ इस्टमित्र आफ्ना आफन्त त छदै छन् ।
हामीले खाइ नखाइ घरको नाउमा घर चलाउन पठाएको खर्छबाट सरकारले रेमिटेन्सको नाउमा सिंगो देश चलाएको छ। अनि अब हामी खाडिमा यसै मर्ने त सरकार ? हरेक कुराको एउटा समय हुन्छ र यो पनि सरकारले सहि निर्णय लिनुपर्ने बेला हो । ऐलेसम्म त बिदेसमा भए पनि सहि सलामत छन् । र जो बिरामी भनिएको छ र जस्लाइ संका गरिएको छ ती अलग छन् । अब जो सहिछन तिनिहरु लाई पनि बिस्तारै यो भाइरस लाग्दैन भन्ने के ग्यारेन्टी छ ? १५ दिन हैन एक महिना क्वारेन्टाइनमा राख केही हुदैन आफ्नै देस मा राख । कम्से कम आफ्नै मुलुक मा हुन्छौ आफ्नै हरुको हुलमा ।
बाध्य भएर परदेश पसेकोहरु परदेश तिरै समाप्त हुने परिस्थिति आएपछि अनि के यो लक डाउन चाही सहि भयो त सरकार ?