वि.सं.२०७७ साल वैसाख ०३ गते । बुधबार । ईश्वी सन् २०२० अप्रिल १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– अष्टमी,३८ घडी ३८ पला,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त नवमी । नक्षत्र– उत्तरषाढा,४८ घडी २७ पला,रातको ०१ बजेर ०२ मिनेट उप्रान्त श्रवण । योग– शिद्ध,३९ घडी ३५ पला,बेलुकी ०९ बजेर २८ मिनेट उप्रान्त साध्य । करण– बालव,बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–धनु ,बिहान ०६ बजेर ३० मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २८ मिनेट । दिनमान ३१ घडी ५६ पला । बुधाष्टमी व्रत। गोरखकाली पूजा। भक्तपुरमा ब्रह्माणी यात्रा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा घाटा लाग्नेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ । तरपनि वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । माया प्रेममा एका अर्कालाई बिश्वास गर्नाले आफ्ना भावना साटासाट गर्न सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ । वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । मिठो बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । तरपनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिस्पर्धा केही समयको लागी स्थगित हुनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यावसामा घाटा लाग्नेछ । सामाजिक काममा अभिरुचि बढ्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । प्रेममा सामाजिक सञ्जालको प्रयोग गरि आफ्ना भावना साटासाट गर्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापारमा घाटा लाग्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
स्वदेश तथा बिदेशमा उत्पादित सामानको व्यावसायमा घाटा लाग्नेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दा पछी फाईदा हुनेछ । तरपनि स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।
तपाईको दिन शुभ रहोस् ।