युएस नेपाल न्युज, काठ्माण्डौ । कोरोना भाईरस (कोभीड – १९) ले विश्व आक्रान्त पारिरहेको यो समयमा देशको सातै वटा प्रदेशमा दाल, चामल, नुन, तेल लगायत अत्यावश्यक खाध्यन्न सामाग्रीहरुको बितरण गरेको भन्दै अमेरिका निवासी वरिष्ठ समाजसेवी हेम थापालाई The Rotary Club Of New York “Queens” ले उहाको कामको उच्च मुल्याङ्कन गर्दै Community Hero Award द्वारा सम्मान गरेको छ ।
अमेरीका निवासी हेम थापा दम्पतीले उहाँहरु द्वारा सञ्चालीत “हेम एण्ड माया फाउन्डेसन नेपाल” मार्फत लकडाउनको कारण छाक टार्न समेत समस्यामा परीरहेका देशै भरका बिपन्न बर्गहरुलाई २० लाख (बीस लाख नेपाली रुपैँया) भन्दा बढीको खाध्य सामाग्री बितरण गरेको थियो । थापा दम्पत्तीले बिगत लामो समय अगाडी देखि पिडामा परेका, आर्थीक अभाव झेलिरहेका, अशक्त, असहाय लगायतलाई आर्थीक तथा भौतीक सहयोग गर्दै आईरहेका छन । उनीहरुलाई जिउँदो भगवानको रुपमा समेत धेरैले पुकार्ने गरेको पाईन्छ ।