सरकार ! मजदुरको मनमा आगो दन्किएको छ, सल्किन नदेउ भष्म बनाउलान !

सरकार ! मजदुरको मनमा आगो दन्किएको छ, सल्किन नदेउ भष्म बनाउलान !
विचार
लेखक: रेशम ‘बिरही’ चन्द, बर्दिया

आज लाखौ मजदुर हरु आँशुमा डुबेर गुहार मागीरहेका छन अाफ्ना वडा अध्यक्ष देखि पालिका प्रमुख सम्म प्रदेश देखि संघिय नेता तथा जनप्रतिनिधि सग फेसबुक टिभि रेडियो देखि सिडियो सम्म सन्तरी देखि मन्त्री सम्म तर विडम्बना कसैका फोन उठदैनन भने कसैले मात्रै सान्त्वना दिन्छन् ।

सरकारले निर्णय गरेको छ लकडाउन पालना गरौ मोबाइल मा ब्याकटोन बजेको छ तर ती अलपत्र मजदुरलाई सुरक्षित गृहजिल्ला पठाउनु पर्छ भनेर कसैले बोलेको छैन अरे महोदय देश भित्र त यस्तो पिडा छ भने ती वैदेशिक रोजगारी का परदेशीलाई कस्तो पिडा होला? जस्ले जति पीडा पोखेपनी एउटै ओठे जवाफ सुनिन्छ “जहाँ छौ त्यही सुरक्षीत संग बस” । के तिमिहरुले सिकाईरहन पर्छ ?

आफ्नु ज्यान बचाउन सक्दो सावधानी अपनाउन हामीलाई अाउदैन? आज तिमिहरु सिंहदरबारमै सुरक्षीत रहेनछौ संसदभवन मै चेकजाँच गरेको छौ ए सरकार भन मजदुर हरु त्रिपाल मुनि खादिएर सुतेका छन कसरी सुरक्षित हुन सक्छन् ?ए सरकार ती रेमिटान्स का मसिन अर्काको देशमा कसरी सुरक्षीत हुनन?

अलिकती लाज लाग्दैन ? मान्छेले उसै गुहार माग्छ ? उसै रोईकराई गर्छ? काम धन्दा बन्द भएपछि मजदुर कसरी बाच्न सक्छ ?२० केजी चामल बाडेर मात्रै हुन्छ ? उत्पादन नभए तिम्रा ऐश अाराम सुविधा सम्पन्न का खर्च कस्ले पुर्‍याउने हो ?

सबै उपाय सकिएपछी कसरी बाच्छ मान्छे ? आज हरेक स्वदेशी मजदुर होस या परदेशी मरेतुल्य भएर बाँचेको छ। मान्छेले दु:ख पर्दा हो साथ खोज्ने, मान्छेलाई दुख पर्दा हो राज्यको साथ चाहिने जनप्रतिनिधि को मुल्यांकन पनि यसैबेला हो हुने । दु:ख पर्दा काम नलागेको जनप्रतिनिधि के जनप्रतिनिधि ? दु:ख पर्दा काम नलागेको राज्य के राज्य ? अाफ्नै देशमा शरणार्थी जीवन बिताउनु पर्दाको पीडा कस्तो हुन्छ भनेर न सोधेका छौ न महशुस नै गरेका छौ।

क्रान्ती, आन्दोलन, हतियार युद्ध सघ सगठन पार्टी सिद्धान्त के का लागि थियो ? जब जनताले अप्ठेरो पर्दा आपतमा पर्दा संरक्षण पाउदैन भने के काम यो परिवर्तन को भन? किन खोक्छौ जनताको शासन ब्यवस्था ल्यायौ भनेर ? त्रिशूली को किनारमा बालुवा चाल्ने हरु जलजला को हिमाल बाट बन्दुक पड्काएर भएपनि व्यवस्था बदल्छौ अवस्था बदल्छौ भनेका होइनौं ?

टाउका गेडेर ल्यायको ब्यवस्था नाम फेरिए अबस्था खोइ?। खै जनताको मुहारमा खुसी ? तन्त्र फेरिए मन्त्र फेरिएन ।कहिले जातका कुरो गर्छौ, कहिले धर्मको कुरो गर्छौ, कहिले मधेश भन्छौ, कहिले पहाड भन्छौ, । अरुले लुट्यो अब हामीलेनी लुट्न पर्छ भनेर सैयौ पार्टी खोल्छौ, अभियान्ता बन्छौ । तिमिहरुले कहिले ती मजदुर हरुका ठाउँमा बसेर सोचेका छौ ?

तिमिहरुको मात्र हो देश ? अती भैसक्यो, धैर्यताको बाँध टुटीसक्यो । कैयौको खल्ती रित्तिएको छ । न गर्नको लागि काम छ न खानको लागि दाम छ कसरी बाच्छन नेपाल मै ती मजदुर हरु? कसरी बाच्लान ती रेमिटेन्से मेशिनहरु? निर्णायक मण्डल का मण्डलाधिस ज्यु तपाईंका ती अासेपासे हरु लाई पठाउनुस मजदुर का विच पठाउनुस विदेशका दुतावास अागना सुतेका छन रोयका छन किन भिडियो कन्फ्रेन्स गरेर बैठक गर्नुन्छ प्रतक्ष्य लाइभ हेर्नुस ती मजदुर असाहय हरुलाइ अनि निर्णय गर्नुस तपाईं लाई हामीले भारीमत ले पठाएका छौ ।

हरेक देशका नागरीकलाई लिन तिनका सरकारले दैनिक प्लेन पठाउछ परदेशीहरु टुलु टुलु हेर्दै आँखामा टिलपिल टिलपिल आँसु पार्छन । मजदुर का पीडा कुनै शब्दले ब्यक्त गर्न सक्ने औकात राख्दैनन। यति गर्हुङ्गो छ कि पीडा सरकार रेमिटान्स का मेशिन का व्यथा बुझिदेउ । स्वदेश मै अलपत्र परेका मजदुर का बारेमा सोचिदेउ सरकार यो लकडाउनले गुम्सिएको मन भित्र आगो बलेको छ धेरै सल्किन नदेउ भस्म हुन सक्छ!

Post Comment