कविता-श्रद्धान्जली सुनिल बर्देवामा

साहित्य

आज फेरी एउटा तारा अस्तायो
नेपाली सांगितक क्षेत्र फेरी पनि श्तब्ध भो।।
दैबको पनि निष्ठुरीपना कस्तो यो ? ?

भर्खरै मात्र एउटा चोट परेको थियो
त्यो आलो छदैं आर्को ठुलो थपिन गो
यो क्षतिलाई केले कहिले पुर्ने हो ? ?

भाग्यको लेखा नै यस्तो हो की ?
आफ्नै खुट्टामा बन्चरो पो हनियोकी ? ?
बस्दै छु म त्यही सोची सोची।।।

कोही त बताईदेउ अब बांकी ताराहरुलाई
तिम्रो मुल्य यहाँ कति छ भनेर।
तिमीहरुलाई चाहने कति छन भनेर।।।

बिन्ति नगर कसैले त्यस्तो हरकत
जस्ले दिन्छ सारा राष्ट्रलाई सकस
हाम्रो माया जेले बनाउछ फोकट