कूल संक्रमितको संख्या २६३४ पुग्यो, थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

कूल संक्रमितको संख्या २६३४ पुग्यो, थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
स्वास्थ्य

काठमाडौँ, २२ जेठ । आज एकै दिन अहिले सम्म कै सबै भन्दा धेरै थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु ३१९ पुरुष जना र महिला १५ जना रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा १ जना, नारायणी अस्पताल बिरगंजमा गरिएको परिक्षणमा १ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १८ जना, हेटौडामा गरिएको परिक्षणमा ९ जना, पोखरामा गरिएको परिक्षणमा १६ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ३ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ४२ जना जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा १७ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १०५ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा ५ जना, सुर्खेतमा गरिएको परिक्षणमा ८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ९३ जनामा  संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २,६३४ पुगेको छ । त्यस्तै निको भएर घर फर्किनेको संख्या २९० जना पुगेको छ ।

Post Comment