क्वारेन्टाईनमा मैले जे भोगेँ: प्रेम खड्का

क्वारेन्टाईनमा मैले जे भोगेँ: प्रेम खड्का
विचार
लेखक: प्रेम खड्का

कोभिड – १९ अर्थात कोरोना भाईरसले बिश्व हल्लिरहेको बेला हाम्रो देश नेपाललाई पनि बिस्तारै बिस्तारै भाइरसले अग्रता लिदै गइरहेको छ । यो कुरा तपाईं हामीलाई अवगत नै छ ! भारत तथा अन्य मुलुकबाट फर्किएका नेपाली दाजु ,भाइ ,दिदी ,बहिनी ,आमा ,बुवाले धेरै दुख पीडा सहन परेको अवस्थामा नेपाल फर्केर पनि १४ दिन क्वारेन्टाइन अनिवार्य गरिसके पछि RDT अर्थात (rapid diagnostic test) गरेर नेगेटिभ र पोजेटिभ छुट्याउने गरि नेगेटिभ आएमा एकन्ता बाँस र पोजेटिभ आयमा फेरि तेहि पहिले बसेको ठाउलाइ क्वारेन्टाइन बनाएर बस्नु पर्ने नेपाल सरकार को नितिनियम छ त्यो नियमको पालना गर्दै बसिरहदा केही दिन पछि PCR स्वाब चेक हुने गर्छ ।

कुनै ठाउँ त १८/२० दिन हुदा पनि RDT अर्थात् Rapid Diagnostic Test पनि गरेको छैन भन्ने खबर आएको मैले सुनेको छु ।यो दु:खद खबर हो ! १४ दिन सम्म क्वारेन्टाइन गरेर बसेका ब्याक्ती लाई चेक गराउनु त्यहाका जनप्रतिनिधि को दाहित्व हुन्छ ! मैले क्वारेन्टाइन मा भोगेका समस्याहरु थुप्रै छन तर म एक जनाले समस्या भोग्नु र पुरै समाजले समस्या भोग्नुमा फरक हुन्छ तेसैले म आज १८ दिन हुदा पनि क्वारेन्टाइन गरेर बसेको छु ! म बस्ने ठाउँ कैलाली जिल्ला गौरिगङ्गा नगरपालिका वडा नम्बर ६ को जनता माबी मा क्वारेन्टाइन गरेर बसेको छु ! यहाका जनप्रतिनिधि हरुको अथक प्रयास पछि आज ५४ जनाको PCR चेक भएको छ !

विशेष धन्यवाद वडा अध्यक्ष कमला शर्मा ज्यु वडा सदस्य टेक कुवर ज्यु र अझै बिशेष धन्यवाद का पात्र माननीय दिघ्र सोडारी ज्यु, चक्र बोगटी ज्यु र पुरन कडाएत ज्यु स्वास्थ कर्मी गणेश उपाध्याय ज्यु र डाक्टरहरुको अल टिम लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ! उहाहरुको स्वास्थमा कुनै बाधा अडचन नआवस हामी हरुको लागि रातदिन नभनी अवरात्र खटिरहनु भएको छ भोक निन्द्रा नभनी यो समयमा जनताको लागि खटिनु भएका सबै स्वास्थ कर्मी र प्रहरी प्रसासन लाई जति धन्यवाद दिए पनि कमै हुन्छ!

आज PCR गरेको रिपोर्ट पनि चाडै आवस हामी ले छिटोभन्दा छिटो राहत को अपेक्षा गरेका छौ! कुनै ठाउँ १५ दिन र कुनै ठाउँ २० दिन पछि रिपोर्ट आउने कुरा सुन्दा अलि चिन्ता थपिन थालेको छ ! यो कार्यलाइ प्रदेश सरकार र स्थानीय सरकार ले छिटो रिपोर्ट ल्यावस हामी बिनम्र अनुरोध गर्दछु ! धन्यवाद गौरिगङ्गा नगरपालिकालाई ।

Post Comment