काठमाडौँ, ६ असार । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ४२१ जनामा संक्रमण पुष्टि भएको छ । यस मध्ये ६४ जना महिला र ३५७ जना पुरुष रहेका छन् ।स्वास्थ्य मन्त्रालयको आजको नियमित प्रेस ब्रिफमा यसको पुष्टि भएको हो ।
कोशी अस्पतालमा गरिएको परिक्षणमा ११ जना, बिराटनगरमा गरिएको परिक्षणमा ४ जना, जनकपुरमा गरिएको परिक्षणमा १२ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा १६६ जना, शुक्रराज ट्रपिकल सरुवारोगमा गरिएको परिक्षणमा ३ जना, धुलिखेलमा गरिएको परिक्षणमा ४९ जना, पोखरामा गरिएको परिक्षणमा ३५ जना, रुपन्देहीमा गरिएको परिक्षणमा २९ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जना, राप्तिमा गरिएको परिक्षणमा ११ जना, सुर्खेतमा गरिएको परिक्षणमा ९ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ६९ जना रहेका छन् ।
यो संगै कोरोना संक्रमितको संख्या ९०२६ जना पुगेको छ । अहिले सम्म १,७७२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । त्यसै गरि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ । आज मृतकको कोरोना पुष्टि हुनेमा गुल्मी छत्रकोट गाउपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुष रहेका छन् । प्यारालाइसिसको उपचारको क्रमममा भारतमा रहेका उनि गत जेठ २५ गते नेपाल फर्किएका थिए । त्यस पछि उनि होम क्वारेन्टाइन मै गत असार ५ गते निधन भएको थियो । मृत्यु भएकै दिन स्वाब संकलन गरि उनको पिसीआर परिक्षण गर्दा आज असार ६ गते कोरोना संक्रमण पुष्टि भएको हो ।