युएस-नेपाल न्युज, काठ्माण्डौ । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको बताए । उनले भने, ‘साउन मसान्तसम्म यो निर्णय यथावत रहनेछ ।’