स्थानीय निकायबारे तीन दलबीचको सहमतीप्रति राप्रपा नेपाल र तमलोपाको असन्तुष्टी

राजनीति

काठमाडौ ,११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय तहको पुनरसंरचनामा हालकै संरचनालाई आधार मानि निर्वाचन गर्ने प्रमुख तीन दलको निर्णयप्रति आपत्ति जनाएको छ ।

ब्यावस्थापिका संसदको आजको बैठकमा विषेश समय लिएर बोल्दै चौथो ठूलो दल राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले तीन दलको सहमति लोकतन्त्र र संविधानको मर्म विपरित भएको भन्दै दलहरुको सो सहमती संसदलाई जानकारी गराउन माग गर्नुभयो । आइतबार तीन दलको बैठकले देशभर रहेका नौ सय २७ वटा इलाका प्रशासनलाई आधार मानेर स्थानीय तह पुनरसंरचना गर्ने सहमति गरेको थियो ।

देशमा तीन दलीय सिण्डिकेट सुरु भएको आरोप उहाँले इलाकालाई आधार मानेर पुनरसंरचना गर्दा उद्देश्यविपरीत हुने भएकाले तत्तकाल सच्याउन आग्रह गर्नुभयो । यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाले पनि इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्ने निर्णयको विरोध गरेको छ । तमलोपाका सांसद जंगीलाल रायले इलाकालाई आधार मानेर पुनर्संरचना गर्नु न्यायोचित नहुने बताउनुभयो ।