संसदलाई पनी कोरोना संक्रमण पुष्टी

संसदलाई पनी कोरोना संक्रमण पुष्टी
स्वास्थ्य

युएस नेपाल न्युज । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराएका छन्।

‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’ उनले फेसबुकमा लेखेका छन्।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन्।

Post Comment