मेलम्चीमा पहिरोमा परी ८ जना बेपत्ता

मेलम्चीमा पहिरोमा परी ८ जना बेपत्ता
समाज

युएस नेपाल न्युज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन्।

वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार भएको छ । मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिराेमा हराएकाहरुकाे खोजी गरिरहेका छन् ।

Post Comment