पोखरामा आज ९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पोखरामा आज ९ जनामा कोरोना सङ्क्रमण पुष्टि
स्वास्थ्य

युएस नेपाल न्युज, कास्की – पोखरा महानगरपालिकामा बुधबार ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ९ जना कोरोना सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

कास्कीको पोखरा महानगरका १७, ४५, २१, २७, २०, २३, ३०, ५७ र १७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरामा ९ जना सङ्क्रमित थपिएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ५२ पुगेको छ ।

प्रदेशमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या १ हजार ३ सय ५४ रहेको छ भने कोरोना कै कारण गण्डकी प्रदेशमा ४ जनाको ज्यान गएको छ ।

Post Comment