युएस नेपाल न्युज, काठमाडौं । बुधबार काठमाडौं जिल्लामा ७७ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । संक्रमितमध्ये २६ जना मात्र स्थानीय थिए, ४५ जना हालै विभिन्न जिल्लाबाट आएका र ६ जना भारतबाट आएकाहरु थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंको तथ्यांकअनुसार ५ जना विहार र एक जना कोलकत्ताबाट आएका हुन् ।