कोमागाने मातृशिसु अस्पताल नेपाल सरकारलाई हस्तान्तरण कार्यक्रम

समाज

पोखरा, १२- असोज –  पोखराको बाटुलेचौरमा अवस्थित कोमागाने मातृशिसु अस्पताल असोज १२ गते बुधबार एक भब्य समारोहका बिच सम्माननिय राष्ट्रपती बिद्यादेबी भण्डारीको उपस्थितीमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

14522110_10154623617193854_66036814_o

कोमागाने मातृशिसु अस्पताल पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरको भगिनी सम्बन्धको सहयोगमा ५ वर्ष अगाडी निर्माण गरिएको भने तत्कालिन सरकारका स्वास्थ्य मन्त्री खगराज पौडेल मन्त्री हुँदा २०७२ असोज २२ गतेको मन्त्री परिषदको बैठकले पोखराको बाटुलेचौर स्वास्थ्य चौकीसंग गाभेर मातृशिसु अस्पताललाई सरकारी अस्पताल बनाउने निर्णय गरिएको थियो। सोही अनुसार कोमागाने मातृशिसु अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

img_2012

img_1550

उक्त अस्पातल हस्तान्तरण कार्यक्रममा अस्पतालका निवर्तमान सुपरिटेन्डेन्ट डाक्टर छममाया पुनले अस्पतालका वर्तमान सुपरिटेन्डेन्ट डाक्टर प्रेमराज पंगेनीलाई अस्पतालको सम्पूर्ण कागजपत्र र चावी हस्तान्तरण गरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। सो अबसरमा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले नवजात शिशुको मृत्युदर घटाउन नसक्नु अहिले देशका लागि ठुलो चुतौतीको विषय बनेको धारणा राख्नुभयो ।

img_1995

img_1545

साथै यो अस्पातलले नवजात शिशुको मृत्युदर घटाउनमा सहयोग गने बताउनु भयो । अस्पताल विकास समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा जाइकाका निर्देशक जुन साकुमाले अस्पतालको निर्माणमा सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । जाइकाले श्वास्थ्यका बिभिन्न कार्यक्रमहरु उक्त अस्पातलमा गर्दै अाइरहेको छ ।

img_1483

img_1542

कोमागाने मातृशिसु अस्पतालका अदध्य कृष्ण थापाका अनुसार अस्पातलमा १२ करोड बराबरको भवन निर्माण खर्च लागेको र जस्मा १ करोड १० लाख नेपाल सरकारको र स्थानिय जनताको सहयोग ५२ लाख बराबरक कोष स्थापना गरेको कुरा बताउनु भयो । साथै कोमागाने नगरले ४ करोड बराबरको महत्वपूर्ण उपकरणहरु सहयोग गरेको बताउनु भयो । हाल स्तर उन्नती पछी अस्पतालमा २५ सैया बेड क्षमता रहेको छ ।

img_1861

img_1524

उक्त समारोहमा अस्पातललाई सहयोग गर्नु हुने, अस्पातल संचालक समितीका पदाधीकारीहरु, कर्मचारीहरु राष्ट्रपतीको हातबाट सम्मान पत्र सहित सम्मान गरियो भने अस्पातललाई सरकारी स्वामित्वमा ल्याउन मत्रीपरिसदबाट निर्णय गराइ योगदान गराने पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी लाई राष्ट्रपतीबाट दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरियो । उक्त समारोहमा बिभिन्न क्षेत्रका बिशेष ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो तेस्तैगरी स्थानिय पदाधिकारी र सर्बसाधारण जनताहरुको बाक्लो उपस्थिती रहेको थियो।

img_1545

img_1860

img_1486

जापानको कोमागाने नगर र पोखराका स्थानियको सहयोगमा झण्डै १७ करोडको लगानीमा निर्माण सम्पन्न भएको अस्पतालमा २५ सैया बेड क्षमता रहेको छ । उक्त अस्पतालको सेवा सुविधाबाट लाभ लिइरहेका बाटुलेचौरका स्थानियहरु यतिवेला भने सरकारी स्वामित्वमा गएपछि अस्पतालबाट प्रदान हुने सेवा सुविधा निरन्तरता पाउने हो की नपाउने हो भन्नेमा चिन्तित रहेको बताउँछन । सो अवसरकामा भेटिएका बाटुलेचौरका स्थानिय लालबहादुर थापाले कोमागाने मातृशिसु अस्पतालले बाटुलेचौर वरपरका सुत्केरी आमा हरुको सुरक्षामा विशेष योगदान दिदै आएको भएतापनि हाल आएर सरकारी करण हुँदा कतै अन्य सरकारी अस्पतालकै जस्तो हालत हुने होकी भन्ने चिन्ता छाउको बताए । थापाले जापानको सहयोगमा निर्माण भइ निजी स्तरबाट सञ्चलन हुँदा अस्पतालमा समयमानै उपचार र विभिन्न सेवा प्राप्त भइरहेको र त्यो सुविधामा सरकारी करणले गर्दा ढिलासुस्ती नहोस भन्नेमा जोड दिए ।

aimg_1599

img_1483

त्यसो त लालबहादुर थापामात्र हैन लामाचौरका युवा बुद्धि बहादुर खत्रीले पनि कोमागाने मातृ अस्पताल स्थानिय जनताको सहयोगमा निर्माण गरिएको भएतापनि सरकारी स्वामित्वमा गइरहदा आफुहरुले चाहेजस्तो नहुने होकी भन्ने चिन्ता लागेको वताए । खत्रीले निजी स्तरमा सञ्चालित अस्पताल सरकारी करण भइरहदा अस्पतालमा विभिन्न सेवा सुविधा संगै भौतिक निर्माणका लागी सरकारी बजेट, निती नियमनहरुको ढिला सुस्तीले अस्पताललाई अन्य सरकारी संघ सस्थाहरुजस्तो लथालिङ बनाइने होकी भन्नेतिर सोच्न बाध्य बनाएको उनको भनाइ रहेको थियो ।

img_1578

img_1480

अस्पतालका संचालक समितीमा रहेर काम गर्दै आएका बाटुलेचौरका स्थायिन पदम बहादुर कार्कीले भने अहिलेसम्म जापानको सहयोगमा सामुदायिक रुपमा सञ्चालन गर्दै आइरहेको भएतापनि सरकारी भएपछि यो अस्पताल सरकारी तवरबाट सञ्चालह हुने भएपछि आफुहरुलाई सजिलो हुने वताए । कार्कीले मातृ शिसु आमा र शिसुको लागी भएको अस्पताल नेपालमा दुइ वटा मात्र रहेको वताउदै २५ बेड क्षमतामा आफुहरुले अस्पताल सञ्चालनमा ल्याएको वताए । सरकारलाई हस्तान्तरण गर्दै गर्दा आगामी दिनमा यसले अझै राम्रो गर्नेमा आफु ढुक्क रहेको बताए ।

img_1571

img_2056

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र अस्पताल निजी बाट सरकारी करण भइरहदा मातृशिसु अस्पताल अन्य सरकारी स्वास्थ्य क्षेत्रका अस्पताल तथा स्वास्थ्य केन्द्रहरु जस्तो नबनोस । सरकारीकरण भएतापनि यसले पहिलेकै जस्तै सेवा सुविधाहरु प्रदान गरोस ।

img_1476

मितेरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण समारोहमा वोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग हुने बताउनु भयो  ।

img_1474

पोखरा उपमहानगर पालिका र जापानको कोमागाने नगरको सहयोगमा निर्मित मातृशिसु अस्पतालले आमा र शिसुको स्वास्थ्यलाई मध्येनजर गर्दै सरकारी स्तरबाट सञ्चालन गर्नका लागी सरकारलाई हस्तान्तरण गरेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा सरकारी स्तरबाट अस्पताल सञ्चालनका लागी विभिन्न सहयोगहरु उपलब्ध गराउन आफुले प्रयत्न गर्ने समेत बताउनुभयो।

img_1466

प्राकृतिक सम्पदाले भरिपूर्ण पोखरा आफैमा सुन्दर रहेको वताउदै यहांको हिमश्रृङखलाले जुनसुकै पर्यटकको ध्यान केन्द्रित गर्न सक्ने भएको वताउदै पोखराको पर्यटनलाई अझ सुद्धृढ गर्दै अगाडी वढाउनुपर्नेमा समेत उनले जोड दिनुभयो ।

aimg_1577

img_1461

img_1462