कुनै पनि अवस्थामा पार्टी फुट्दैन: पुर्व मन्त्री तामाङ

कुनै पनि अवस्थामा पार्टी फुट्दैन: पुर्व मन्त्री तामाङ
राजनीति

टीका सुवेदी, सिन्धुपाल्चोक । पुर्व कानुन मन्त्री तथा नेपाल कम्युनिष्ट पाटी ( नेकपा) का केन्द्रीय सदस्य शेर वहादुर तमाङले पार्टी कुनै अवस्थामा पनि नफुट्ने वताएका छन ।
पहिल्लो समय पार्टी फुट्न लागेको हल्ला जुन प्रकारले आएको छ त्यो भन्दा वढी पाटीलाई कसरी वलियो वनाउने भन्ने वहस पनि भित्र चलिरहेको वताएका छन । जनतापत्रसंग कुरा गर्दै केन्द्रीय सदस्य तमाङले भने पाटीका नेताहरुमा केही फरक मत देखिए पनि अन्ततः पाटीलाई विधि र पद्धतीको वाटो हिडाउन कसरत भैइरहेको वताए ।
कार्यकर्तालाई वलियो भावनाका साथ अघि वढाउन नेतृत्वलागी परेको समेत उनीले वताएका छन । तमाङले भनेका छन, आरोपप्रत्यारोप वढ्न सक्ला तर एकता टुट्ने छैन ।
एक व्यक्ति प्रधान होइन , विधी र पद्धतीको लागी नै अहिले वहस भैइरहेको छ । मंसिरमै महाधिवेशन हुदैन । चैत सम्म हुन्छ । त्यो महाधिवेशनले नै धैरै कुराको छिनोफानो गर्ने उनीले वताएका छन । केन्द्रीय सदस्य तमाङ अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यक्रममा चौतारा आएका छन ।

Post Comment