कोरोना संक्रमितको उपचारमा प्रभावकारी ‘रेम्डेसिभिर’ अब नेपालमा पनी

कोरोना संक्रमितको उपचारमा प्रभावकारी ‘रेम्डेसिभिर’ अब नेपालमा पनी
स्वास्थ्य

युएस नेपाल न्युज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ नेपालमा पनि प्रयोगमा ल्याउन सकिने सम्भावनाबारे अध्ययन अघि बढाइएको छ।

अमेरिका, युरोप र भारतमा यसको प्रयोगमा सफलता देखिएपछि नेपालमा पनि यसको प्रभावकारिताबारे अध्ययन सुरु गरिएको हो। यसको लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसको सहजीकरण गर्नका लागि परिषद् र औषधि व्यवस्थापन विभागले काम अघि बढाएको जनाए।

भारतमा पनि गत महिना यो औषधि केही संक्रमितहरूमा प्रयोग गर्दा प्रभावकारी देखिएको बताइएको छ।

Post Comment