युएस नेपाल न्युज, दाङ । दाङको तुलसीपुरमा मङ्गलबार एकैदिन २९ जना सैनिकमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते सङ्क्रमण देखिएका जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा सङ्क्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन विकास आचार्यले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि भएका २९ जना नै बाहिनीभित्रैको आइसोलेशनमा बसेका छन् ।