थप ४८४ जना संक्रमित

थप ४८४ जना संक्रमित
स्वास्थ्य

काठमाडौँ — नेपालमा थप ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ ।

प्रवक्ता गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको जनाए ।

पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

Post Comment