धुलिखेल अस्पताल सिल्ड

धुलिखेल अस्पताल सिल्ड
स्वास्थ्य

युएस नेपाल न्युज, काभ्रे। सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोक को धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । बिहीबार एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू, जिल्लामा रहेकाे सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोस्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झालगायत स्थानीय जनप्रतिनिधि सम्मिलित बैठकले अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको पाँच सय मिटरको दुरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको हो । ‘अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ’, प्रजिअ तिमल्सिनाले भन्नुभयो ।

९८ वर्षीय सङ्क्रमितको घर बजारमै रहेकाले धुलिखेल बजार बन्द गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । साथै वृद्धको वडा नम्बर ७ मा रहेकाे निवास क्षेत्रको पाँच सय मिटर वरपरसमेत बन्द गरिएको छ । ती वृद्धकी एक बुहारी, अस्पतालका एक नर्स, दमक घर भइ अस्पतालमा पित्तथैली उपचारार्थ भर्ना भएका एक बिरामी, अस्पताल छेउ व्यवसाय गर्ने एक तथा सङ्घीय प्रहरी कार्यालय बनेपाको जनागालका ६ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको डा. झाले बताउनुभयो ।

Post Comment