काठमाण्डौ – पृथ्वीमा एक सय ७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ ।
हिजो अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले तापक्रम प्रमाणित गरेको हो ।