बाढीले बगाएका ६ जनाको सव भेटियो ११ अझै बेपत्ता

बाढीले बगाएका ६ जनाको सव भेटियो ११ अझै बेपत्ता
समाज

अछाम – अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन् ।

गएराति कैलाश खाेलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको हो । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको कोसेडामा ४ जनाको र मंगलसेन नगरपालिका वडा नम्बर ३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउँदले जानकारी दिनुभयो ।

हराइरहेका अरुको पनि खोजी भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Post Comment