सुदुरपश्चिमका चार जिल्ला अझै अन्धकार

सुदुरपश्चिमका चार जिल्ला अझै अन्धकार
समाज

युएस नेपाल न्युज, डाेटी । सुदूर पश्चिमका  चार जिल्लामा हिजो दिउँसो देखि बन्द भएको विद्युत सेवा अझै सुरु भएको छैन ।

कैलालीको अत्तरिया बाट वितरण हुँदै गएको एक सय ३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुँडिएका कारण डोटी सहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत सेवा पूर्ण रुपमा बन्द भएकाे हाे ।

मर्मतको लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत नहुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु र ल्यान्डलाइन टेलीफोन पनि बन्द भएका छन् ।

Post Comment