ललितपुर । ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु भएको छ । काेरोना सङ्क्रमणको जोखिम बढ्दै गर्दा अहिलेको आवश्यकता महसुस गरेर पीसीआर परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । नेपाल मेडिसिटीले हरेक दिन आठ सयभन्दा धेरैको स्वाब लिएर रिपोर्ट दिन सक्ने क्षमताको उपकरणसहित परीक्षण सेवा सञ्चालनमा ल्याइएकाे अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डाक्टर गोपी अर्यालले बताउनुभयो । पीसीआर परीक्षणका लागि अस्पताल पग्नुभन्दा पहिले अस्पतालमा नाम दर्ता गराउन अस्पतालले आग्रह गरेको छ।