कुलमान घिसिङको कार्यकाल दोहोर्‍याउन कलाकारको माग, सामाजिक सञ्जालमा भारी समर्थन

कुलमान घिसिङको कार्यकाल दोहोर्‍याउन कलाकारको माग, सामाजिक सञ्जालमा भारी समर्थन
समाज

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका कुलमानले कुशल व्यवस्थापनमार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेपछि उहाँको प्रशंसा सुरु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने र रुग्ण बनेका जलविद्युत् आयोजना तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिएका कारण उहाँको प्रशंसा झनै थपिएको छ ।

उहाँको कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकाल पनि प्राधिकरणमा घिसिङलाई नै दोहोर्‍याउनुपर्छ भन्ने माग उठिरहेको छ । सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणको फेसबुक पेजमा ह्यासट्याग नै सुरु भएको छ ।

कलाकारहरुले पनि कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍या​उनुपर्छ भनेर अभियान सुरु गरेका छन् ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले फेसबुक पेजमा कुलमान घिसिङको फोटो राखेर लेख्नुभएको छ, ‘देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ, उज्यालो ल्याउनेलाई सम्मान गरौँ । उहाँको ऊर्जाले देशको ऊर्जा बढ्नेछ  ।

Post Comment