दुई सुरक्षाकर्मी र एक कर्मचारीसहित ८ जनामा कोरोना पुष्टि

दुई सुरक्षाकर्मी र एक कर्मचारीसहित ८ जनामा कोरोना पुष्टि
स्वास्थ्य

युएस नेपाल न्युज । बागलुङमा दुई सुरक्षाकर्मी र एक कर्मचारीसहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका ६ जना र काठेखोला गाउँपालिकामा २ जनामा गरी थप ८ जनामा संक्रमण पुष्टी भएको हो ।

बागलुङमा कोरोना संक्रमण पुष्टि भएको सुरक्षाकर्मी मध्ये बागलुङ नगरपालिका स्थायी घर भइ लम्जुङमा नेपाली सेनामा कार्यरत २८ बर्षिय पुरुष हुन ।

उनी यस अघि संक्रमित भएका नेपाली सेनामा कार्यरत सैनिकसँग लमजुङ बाट सँगै आएको थिए । त्यसैगरी बागलुङ सदुरमुकामको विपद व्यवस्थापन गूल्ममा कार्यरत २१ बर्षिय प्रहरी जवानमा कोरोना पुष्टि भएको छ ।

उनी बुटबल तालिम केन्द्रबाट आएर क्वारेन्टाईनमा बसेको स्वास्थ्य कार्यालय बागलुङका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए ।

बुधबार नै बागलुङ नगरपालिका १९ र २७ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु यस अघि संक्रमित नेपाली सेनाका सैनिकसँग क्लोज कन्ट्राकमा रहेको बरालले बताए ।

बागलुङ नगरपालिकाकी २३ बर्षिय कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित महिलाको क्लोज कन्ट्रायक ट्रेसिङ्ग रहेर संक्रमण भएकी ३२ बर्षिया महिलाका १ बर्षिया बालिका  रहेकी छन ।

त्यसैगरी भारतबाट आएर होटल क्वारेनटाइनमा बसेका २४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका हे.अ लक्ष्मण ढकालले जानकारी दिए ।

जिल्लाका काठेखोला गाउँपालिकामा थप दुई जनामा कारोना संक्रण पुष्टी भएको छ । गाउँपालिकामा कार्यरत ३१ बर्षिय एक कर्मचारी कोरोना पुष्टि भएको छ ।

उनी गत ६ भाद्र काठमाडौंबाट आएको बुझिएको छ । त्यस्तै भारतबाट आई क्वारेन्टाइनमा बसेका काठेखोला गाउँपालिकाका ३४ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सोमराज पाण्डेयले जानकारी दिए ।

गाउँपालिकामा कार्यरत कर्मचारीलाई नै कोरोना पुष्टी भए सँगै गाउँपालिकामा थप सजकता अपनाई कन्ट्राक्ट टे«सिङको काम अगाडी बढाईएको पाण्डेले जानकारी दिए ।

संक्रमित ८ जना लाई आईशोलेसनमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Post Comment