अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलन हुने

अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलन हुने
समाज

काठमाडौं । सरकारले अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । 
यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए । 

Post Comment