काठमाण्डाै । काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप्ने वन तथप्ने विषयमा अहिले छलफल भइरहेको छ ।
अहिले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको छ ।
यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उपत्यकाका निम्न आय भएका वर्गको अवस्था जटिल बन्दै गएको कुरा हामी आफैलाई थाहा छ, उहाँहरुको लागि जे उपयुक्त हुन्छ त्यहीँ निर्णय गर्छौँ, निर्णय भोलि आउँछ, आज छलफल र परामर्श हुन्छ ।’ यस्तै उहाँले स्वास्थ्य विज्ञसँग पनि परामर्श भइरहेकाले स्वास्थ्यसँगै आर्थिक र सामाजिक प्रभावलाई ध्यानमा राखेर निर्णय हुने बताउनुभयो ।
बैठकमा आर्थिक गतिविधि ठप्प भएकाले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने बारेमा पनि परामर्श भइरहेको छ ।