कास्की । रुपा गाँउपालिका ६ मा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ ।
बराहथोकका काजीबहादुर विकको घर पहिरोले पुर्दा उहाँकी २० वर्षीया छोरी सिर्जना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो।
सोमबार रातिदेखि परेको पानीका कारण मङ्गलबार बिहान ४ बजेतिर विकको घर पहिरोले पुरिएको हमालले बताउनुभयो ।
पहिरो आएको थाहा पाएर घरका अरु सदस्य भने घर बाहिर निस्किन सफल भएकोले उनीहरु सकुशल रहेको उहाँको भनाइ छ ।