काठमाडौं। काठमाडौंमा बाहिर जान गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गरी तोकिएका अत्यावश्यक कार्यबाहेक काठमाडौं बाहिर आवतजावत गर्न सवारी सहजीकरण जारी नगरिने स्पष्ट पारेको हो।
सूचनामा भनिएको छ, ‘अब उप्रान्त सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजात साथै गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुपति पत्र, तथा सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य रूपमा पेस गरी सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ।’