काठमाण्डाै । नेपाल प्रहरीमा नयाँ आचारसंहिता लागू भएको छ । प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ र नेपाल प्रहरी कार्ययोजना २०७७ सार्वजनिक भएको हो ।
प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले त्यसैअनुसार काम गर्न निर्देशन दिनुभएको छ । आचार संहितामा अनुमति बिना विदेशी नियोग, कूटनीतिज्ञ व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाही हुने उल्लेख गरिएको छ ।
त्यस्तै व्यक्तिगत स्वार्थपूर्ति वा व्यक्तिगत लोकप्रियताको नाममा सञ्चारमाध्यममा सूचना चुहावट वा सम्प्रेषण गर्न नपाइने व्यवस्था छ ।