धनगढी– आफ्नै कार्यालयकी कर्मचारीलाई जवरजस्तीकरणी गरेको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्।गाउँपालिकामा कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई जवरजस्तीकरणी गरेको आरोपमा कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो।