दलहरुको सत्ता लोभका कारण संविधान कार्यन्वयन चुनौतीपूर्ण भयो : थापा

राजनीति

काठमाडौ १८ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरु मुलुकका समस्या समाधान भन्दा पनि सत्ता केन्द्रित भएकाले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउनु भएको छ ।

विजयादशमीका अवसरमा राप्रपा नेपाल काठमाडौं क्षेत्र नम्बर–५ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले दलहरुबीचको तिक्तताले संविधान कार्यान्वयनमा चुनौती बढेको बताउनुभयो ।

अध्यक्ष थापाले संविधान जारी भएको एक वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्नु दुःखद् भएको भन्दै त्यसतर्फ ठूला दलहरुलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

Post Comment