तपाई हाम्रो सानो गल्तीले ठुलो दुर्घटना हुन सक्छ

तपाई हाम्रो सानो गल्तीले ठुलो दुर्घटना हुन सक्छ
विचार

करन साउद
सन 2019 डिसेम्बर महिनामा चिनको हुवान प्रान्त बाट फैलिएको कोरेना कोभिडले आज सम्म बिश्वका हरेक राष्ट्रमा आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ।बिश्वका ठुलाठुला शक्तिशाली सुबिधासम्पन्न राष्ट्रहरुले पनि कोभिड 19 बाट मानवीय क्षति बेहोर्नु परेका ज्वलन्त उदाहरणहरु हाम्रो अगाडि छर्लङ्ग छन् ।अमेरिका स्पेन ईटाली जस्ता स्वास्थमा निकै अगाडि राष्ट्रहरुले पनि कोरेनाको ठुलो मार खेप्नु परेको छ।मानवीय क्षतिका साथै अर्थतन्त्रमा निकै गिरावट भएको देखिन्छन् । बिश्व जनसंख्याको आधारले संसारमा धेरै जनसंख्या भएर दोस्रो राष्ट्रको रूपमा चिनिने भारत पनि यतिबेला कोरेनाको चपेटामा निकै पिल्सिएको छ।दिनहुँ ३/४ लाख ब्यक्तिहरु कोरेना संक्रमित भेटिरहेका छन् भने ३/४ हजार जनाको प्रतिदिन मृत्यु भैरहेका छन् । भारतका हरेक राज्यमा कोरेना संक्रमितको बढ्दो संख्याले गर्दा अस्पतालमा बेड अक्सिजन औसषि आदिको कमि देखिरहेको छ। भारतमा रोजगारी गर्ने नेपालीहरुको अवस्था पनि उत्तिकै जोखिमपूर्ण देखिन्छ । भारतमा रहेका केही नेपालीहरुमा फाट्टफुट्ट रूपमा कोरेना देखिएर केहिको मृत्यु पनि भएको छ भने कोहि संचो भएर घर फर्केका पनि छन् । बढ्दो कोरेना लहर लाई मध्यनजर गर्दै भारत सरकारले अप्रिल 2021 देखि लकडाउनको सुरु गरिसकेको छ।प्रतिदिन 4 घण्टा बजार खुल्ला राखेर अन्य समय पुरै बन्द गर्ने गरेको छ । तर कोरेनाको संक्रमित हुनेको संख्या भने उत्तिकै बढिरहेको देखिन्छ ।यदि यो अवस्था लाई कम गर्न सकिएन अथवा रोक्न सकिएन भने आउने दिनमा भारतमा कोरेना बाट ठुलो क्षति हुने अवश्य देखिन्छ । तसर्थ तपाईं हामी पनि कोरेना माहामारी बाट कसरी बच्ने तिर बढी ध्यान केन्द्रित गरौ। विशेष कामले घर बाहिर निस्किदा अनिवार्य मास्को प्रयोग गरौ सेनिटाईजरको प्रयोग गरौ बाहिर बाट आउदा साबुनपानीले मिचिमिची हात धोऔ भिडभाड नगरौ सामाजिक दुरि कायम गरौ तातोपानीको वाफ लिने गरौ । यदि हामिले यी कुराहरुमा विशेष ध्यान दियौ भने कोरेना बाट जोगिन सकिन्छ । यो परिस्थितिमा कोरेना बाट वच्न अपनाएका नियमहरुको पालना गर्नु तपाईं हामी सबैको दायित्व पनि हो। कोरेना बाट आफू पनि बचौ अरुलाई पनि बचाउ।आजको सानो गल्तीले भोलि ठुलो घटना हुन सक्छ तसर्थ बेलैमा सतर्क बनौ।

Post Comment