खिम लामिछाने-असोज २९, फेवातालको किनारमा दशैं पछिको पुर्णिमा अर्थात कोजाग्रत पुर्णिमाको दिन ठुलो मेला लाग्ने गरेको छ । जब सानो थिए मलाइ याद आउने उमेर देखि लगभग ३५ वर्ष अगाडी देखि नै यो दिनमा ताल बाराही मन्दिरको दर्शन गर्न र यहाको मेला हेर्न आइरहेको छु ।
पहिले पहिले तालको किनारमा ठुलो मैदान थियो र मेलामा धेरै भन्दा धेरै मानिसहरुको भिड लाग्ने गर्दथ्यो । रोटे पिंग (जाते पिंग), चम्रेली पिंग (चार जना एकै पटक खेल्न मिल्ने काठको पिंग), लिंगे पिंग मा तछाड मछाड गरि मानिसहरु पिंग खेल्न लालाहित हुन्थे तर अहिले त्यो खुला ठुलो मैदानहरुमा होटल रेस्टुरेन्टहरु बनेका छन, अधेपी यहाँका स्थानीय बासिहरुले कोजाग्रत पुर्णिमाको त्यो मेला र उत्सबलाइ यथाबत राख्ने हर सम्भब प्रयास भने गरिरहेका छन।
तालको किनारमा रोटे पिंग, लिंगे पिंग र चम्रेली पिंग बनाएका छन् भने मनिसहरु उक्त पिंगहरु खेल्न तछाड-मछाड गरिरहेको देखिन्थ्यो । तालबाराहीको दर्शन गर्न आजको दिन वर्षभरिमा नै सबैभन्दा बढी, अत्याधिक दर्शनार्थी आउने गरेका कारण बिहान सबेरैदेखि बेलुकासम्म डुङ्गा व्यवसायीहरुलाई आजको दिन भ्याईनभ्याई हुने गर्दछ। घटस्थापनाको दिन राखियको जमरा र दसैँको टीका कोजाग्रत पूर्णिमाको दिन दसैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ।
आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमामा फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकाँक्षा पूरा हुने एवं दुःखदर्द नास हुने विश्वासका साथ टाढाटाढाबाट समेत दर्शनार्थीहरू आउने गर्छन। दशैंमा टिका र आशिर्वादको साथ पाएको दक्छिना आजै कै दिन स-सना बाल बालिकाहरुले मन लागेको चिज खाने र खेलौनाहरु किन्ने गरेको पाहिन्छ ।
राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक आस्था रहेको छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ भन्ने धार्मिक बिस्वास रहेको छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
,