अनेसास को केन्द्रिय अध्यक्षमा पदम विश्वकर्मा पुन:निर्वाचित

साहित्य

अक्टोबर १६, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय कार्य समितिको अध्यक्षमा पदम विश्वकर्मा पुन:निर्वाचित भएका छन ।

प्रत्येक २ वर्षमा हुने अनेसासको चुनाब यस वर्ष यहि अक्टोबर १३ देखी १५ सम्म अनलाईन मार्फत मतदान गरी सम्पन्न भएको थियो । ६९९ मतदाता रहेकोमा जम्मा ५७० मत खसेको थियो । जुन करीब ८१.५ प्रतिसत हो ।

यस वर्ष अध्यक्ष पदका लागी दुई प्रत्यासी पदम विश्वकर्मा र कमला प्रसाई मैदानमा थिए । विश्वकर्मा झिनो अन्तरले विजय भएका हुन । विश्वकर्माले २९२ मत पाएका थिए भने उनका प्रतिद्वन्धि प्रसाईले २७८ मत पाएका थिए ।

अध्यक्ष बाहेक अरु सबै पद निर्बिरोध रहेको जानकारी निर्वाचन समितिले दियो ।

केन्द्रिय समितिका चुनिएका सद्स्यहरु

उपसभापती (विशिष्ठ) राधेस्याम लेकाली – नेपाल
क्षेत्रीय उपसभापति, प्रकाश नेपाल — उत्तर र र्ल्याटिन अमेरिका
क्षेत्रीय उपसभापति, प्रकाश पौडेल(मल्ल) —  जापान एशिया
क्षेत्रीय उपसभापति, प्रकाश पौडेल उत्तर र र्ल्याटिन अमेरिका
क्षेत्रीय उपसभापति,डा. रुपक श्रेष्ठ, यु के र ओसेनिया
महासचिव्, गोबर्धन पुजा – अमेरिका
सचिव, गणेस घिमिरे –  अष्ट्रेलिया
कोषाध्यक्ष्,शान्तिराम ढकाल  –  अमेरिका
कार्यकारिणी सदस्य, सनध्या पहाडी – नेपाल्
कार्यकारिणी सदस्य, राजु सिटौला –  अमेरिका
कार्यकारिणी सदस्य, बिकास बिष्ट – अमेरिका

तिर्थ पान्डे, भिम कार्की र प्रविन भन्डारी तीन सदस्य चुनाव आयोग गठन गरिएको थियो ।

Post Comment