अक्टोबर २१, कोलोराडो । अमेरिकाको कोलोराडोमा रहेको कोलोराडो स्पिरिट एडल्ट्स होम कियर र डे कियरले अक्टोबर २१ तारिखमा एक विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेर बडा दशैं तथा दीपावालीको शुभकामना आदान प्रदान गरेको छ ।
संस्थाले आफ्नो शुभचिन्तक मित्रहरुलाई रात्री भोजको साथै सांगीतिक साझँमा सामेल गरेको थियो । सांगीतिक साझँलाई गायक दिपेश के भट्टराई, विजय अधिकारी र आकृति अधिकारीहरुको सांगीतिक प्रस्तुतीले मनोरंजन प्रदान गरेको थियो ।
कार्यक्रम कोलोराडो स्थित अरोरा शहरमा भएको थियो भने आयोजक समितिका तर्फबाट मोति सिवाकोटीले धन्यवाद दिनु भएको थियो ।