सबैभन्दा बढी सेयर युनिलिभर नेपाल लिमिटेडको,प्रतिकित्ता ३० हजार ८७० रुपैयाँ

अर्थ​

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृतमध्ये सबैभन्दा बढी सेयर मूल्य बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३० हजार ८७० रुपैयाँ छ । यो नै सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी हो । कम्पनीको सेयर भाउ प्रतिकित्ता ३५ हजार रुपैयाँसम्म पुगको थियो । पछिल्लो समयमा भने केही घट्दै गएको छ ।
यस्तै दोस्रोमा सरकारको समेत स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड छ । निर्जीवन बिमा कारोबार गर्न राष्ट्रिय बिमा संस्थानबाट छुटयइएको कम्पनीको सेयर मूल्यमा युनिलिभरपछि दोस्रो बढी छ । राष्ट्रिय बिमाको भन्दा युनिलिभरको सेयर मूल्य झण्डै १७ हजार रुपैयाँ बढी छ । राष्ट्रिय बिमाको सेयर मूल्य प्रतिकित्ता १४ हजार २५० रुपैयाँ छ । यसपछि बोटलर्स नेपाल तराई लिमिटेडको छ । बोटलर्सको सेयर मूल्य प्रतिकित्ता ५ हजार ९६ रुपैयाँ छ । सरकारको स्वामित्व समेत रहेको नागरिक लगानी कोषको सेयर मूल्य ४ हजार ६०५ रुपैयाँ छ ।
नेप्सेमा २३१ कम्पनी सूचीकृत छन् । नेप्सेका अनुसार सबैभन्दा बढी मूल्यवान कम्पनीमा नबिल बैक, नेपाल टेलिकम, स्ट्याण्डर्ड चाटर्ड बैंक र एभरेष्ट बैंक छन् । सेयर मूल्य युनिलिभर र राष्ट्रिय विमा कम्पनी र नागरिक लगानी कोषको भएपनि बजार कुल मूल्यका हिसावले पछि छन् ।

Post Comment