क्रिएटिभ सर्कल, अष्ट्र्लियाको प्रकाशनमा रहेको नेपाली भाषी २५ गजलकारहरूको संयुक्त गजल कृति ‘कंगारूको देशबाट’ को बिमोचन यहि १५ अक्टुबर २०१६, सनिवारका दिन सफलतापूर्वक अष्ट्रेलियाको मेलवर्न सहरमा एक भब्य सांस्कृतिक कार्यक्रमबिच सु-सम्पन्न भएको छ । नेपालबाट आउँनु भएका साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बे लगायत अन्य अतिथिहरूको हातबाट कृतिको लोकार्पण गरिएको थियो ।
उक्त कृति माथि साहित्यकर प्रकाश आङ्देम्बेले परिचर्चा गर्दै बिदेशी भूमिमा पनि यसरी नेपाली भाषा र साहित्यको संरक्षण गर्नु महान कार्य हो र भोली इतिहासले यसको मुल्याङ्कन गर्ने बताउँनु भयो । संयुक्त गजल कृति ‘कंगारूको देशबाट’को चर्चा गर्दै वाँहाले भन्नु भयो-“बास्तविक नेपाली हुन के चाहिन्छ ? नेपाली जातिप्रति, सस्कृतिप्रति, भाषाप्रति, साहित्यप्रतिको योगदान या नागरिक हुँ भन्ने फगत भ्रम दिने नागरिकता नाम को कागजको खोस्टो ? यो कुरालाई समयले एकदिन उत्तर दिनेछ ।” क्रिएटिभ सर्कल अष्ट्रेलियाका संयोजक तथा यस कृतिका सम्पादक दुर्गा रिमालले क्रिएटिभ सर्कलको यात्रा, ‘साझा आवाज’को सुरूवात साथै ‘कंगारूको देशबाट’ को प्रकाशनको यात्राबारे जानकारी, यस कृतिलाइ याहाँसम्म ल्याउँन प्रतक्ष-अप्रतक्षरूपमा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै बिमोचन कार्यक्रम आयोजना गर्नुहुने भूट्निज कम्यूनिटी इन अष्ट्रेलिया लाई धन्यवाद दिएका थिए ।कार्यक्रमको अवसर पारेर सम्पुर्ण उपस्थित गजलकारहरू, चित्रकार नवल खतिवडा साथै भूट्निज कम्यूनिटी इन अष्ट्रेलियाले नेपाली भाषा-साहित्यमा गरेको योग्दानको कदर गर्दै क्रिएटिभ सर्कल, अष्ट्र्लियालको तर्फवाट कृतज्ञता-पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित गजलकारहरूले आफ्ना गजलहरू प्रस्तुत गरेका थिए भने अष्ट्रेलियाको बिभिन्न प्रान्तबाट आएका नेपाली भाषी भूटानी गायकहरूले आफ्नो प्रस्तुति दिएका थिए । लगभग ५०० को हारहारीमा उपस्थिति रहेको कार्यक्रमको सन्चालन रेडियोकर्मी तथा साहित्यकार प्रकाश धमला ‘क्षितिजको मित्र’ले गरेका थिए ।