ए मुखर्जी, नाकाबन्दीको पिडा भुलेका छैनौँ, पैँचो तिरेरै छाड्छौं याद गर !

विचार

लामो समय कुनै एक कम्पनीले दास बनाएर राज्य चलाएको मुलुक जसलाई बिश्वले त्यही कम्पनीको नाम बाट चिन्छ भने त्यो मुलुक हो ईण्डिया । जसलाई अंग्रेजको ईष्ट ईण्डिया कम्पनीले राज गर्थ्यो ।

हिजो एउटा कम्पनीले दास बनाएको मुलुकले संसारको कुनै शक्ति संग नझुक्ने वीर गोर्खालीको देश, संसारको शिर सगरमाथाको शिरको देश, शान्तीका अग्रदुत महामानब गौतम बुद्दको देश, ॠषि मुनिहरुको तपोभुमी, देवता हरुले राज गर्ने देश तर आज कसको कारण एउटा कम्पनीले दास बनाएको मुलुकले हामिलाई दास बनाईरहेको छ ? हर समय ईण्डियनका तलुवा चाट्ने लठुवा, गोठाला र भतुवाहरु, ईमान्दार कुत्ताहरु जस्लाई ईण्डिया नभई आची आउँदैन ।

तिनैले गर्दा हाम्रो स्वाभिमान, हाम्रो इज्जत माटोमा मिलाएका छन । संसारका सामु वीर गोर्खाली  भनेर छाती फुलाएर हिँड्ने हामी नेपालीलाई बहादुर र कान्छा हरुमा झार्ने को हो ? दोषी त यिनै भातमारा हरु हुन जसले  जनताको अगाडि जाँदा, भाषण ठोक्दा ईण्डियाको सत्तो सराप गर्छन र तिनका प्रभु सामुन्य पुगेपछी गरुड संग साँप लल्याकलुलुक भएझैं हमारा भारत महान भन्छन ।

ईण्डियन कुनै नेता कसैलाई हात उठाउनु भन्दा पहिले यी गोठालाहरु, ईमान्दार कुत्ताहरु, ईण्डियनका तलुवा चाट्ने हरुलाई डाँडा कटाउन सक्नुपर्छ अनि स्वत ईष्ट ईण्डिया कम्पनीका दासहरु गिद्धे आँखा लगाउन सक्ने छैनन । ताल्चा चाबी सबै सुम्पिने ईण्डियन मतियार भतुवाहरु, कहिले कालापानी बेच्छन, कहिले सुस्ता बेच्छन, कहिले लिपुलेक बेच्छन, कहिले कोशी बेच्छन त कहिले गण्डक बेच्छन । हेर्दा हेर्दै लेण्डुपे हरुले देश बेच्न लागिसके । ईष्ट ईण्डिया कम्पनीका दास हरुलाई मुलुक सुम्पिन लागिसके ।

कहिले यी कुत्ताहरु उनै संग मिलेर नाकाबन्दी लगाउँछन, कहिले नेपाली चेलीबेटी बलात्कार गर्छन , गृह्मन्त्री भनाउँदो प्रधानमन्त्री भनाउँदाहरु देशको पक्षमा बोल्दैन उसकै मालिकको पक्षमा रहेर बोल्छ अनि कसरी बन्छ देश ? कसरी स्वतन्त्र हुन्छ देश ? हरेक पटक सरकार प्रमुख बनेपछी ईण्डिया जानै पर्ने कारण के हो? के ईण्डियामा हरेक पटक नयाँ सरकार प्रमुख बन्ने बितिकै नेपाल आउँछन? यदी छिमेकिमा  आवत जावत सामान्य हुने भए एकोहोरो हुन्छ कि दोहोरो हुन्छ सम्बन्ध ?

केवल जान्छन त मात्र हाम्रा लठुवा र पर्छन प्रभुका शरणमा यी भतुवा । र हरेक पटक जाँदा देश बेचेर आउँछन् ।हाम्रो स्वाभिमान लिलामीमा पारेर आउँछन । हामी स्वतन्त्र जनता उफ्रीन्छौं,चिच्याउँछौं यस्तो भएन भन्छौं, उस्तो भएन भन्छौं, ज्यादती सहँदैनौ भन्छौ तर जब पार्टिका झोला बोक्छौँ अनि बिर्सिन्छौं सबै । सबैलाई आफ्नै रोजीरोटीको सम्बन्ध छ, सबैलाई आफ्नै घर चलाउनाको टेन्सन छ । कस्ले सोच्ने देशको बारेमा ? कस्ले सोच्ने स्वाभिमानको बारेमा? कस्ले सोच्ने यी गम्भीर कुराहरुमा ? बिगत देखिको ईतिहासले यहि भन्छ सत्ता बाहिर हुँदा गरिने ईण्डियाको बिरोध केबल सत्तामा जानकि लागी हो । सत्तामा पुग्ने मौका नआउन्जेल ईण्डियाको खोईरो खन्यो, सत्तामा पुग्ने पक्का भएपछी हमारा भारत महान भन्यो, जनतालाई उल्लु बनाई रह्यो।

हरे! मेरो स्वभिमान, जनता नभएको देशमा यस्तै हुने रहेछ । पार्टिका कार्यकर्ता र नेताले भरिएको देश छ अनि कसरी हुन्छ? यदी स्वतन्त्र नागरिकको बाहुल्य भएको भए त देशको बारेमा बोल्थे होला । यहाँ त आफ्ना संग बच्नै गार्हो छ ।  आफ्ना बाट जोगीन पाए त शत्रुसंग त मज्जाले मुकाबिला गर्न सकिन्थ्योनी ।  आफ्नाले डाडु पन्यु तिनैको हातमा दिएका छन । त्यसैले त तिनको राजदुतले हाम्रो देश चलाउने हैसियत राख्छ ।

अहिले ईण्डियन राष्ट्रपती प्रणव मुखर्जी नेपाल आउने र सरकारले घोषणा गरेको सार्वजनिक बिदाले नेपाली राजनिती तातेको छ । सामाजिक सञ्जाल, चिया चौतारी र गाउँ शहरमा यहि बिषयमा कुरा भैरहेका छन। युवा पुस्ता एकातिर सरकारको बिरोधमा छ भने अर्का तिर मुखर्जीलाई कालो झण्डा देखाउने, भुकम्प पश्चातको देशनै शोकमा डुबेको बेलामा गरेको अमानबिय नाकाबन्दीको जवाफ दिनपर्छ भनेर कस्सिएर लागेको छ । विभिन्न प्रलोभनमा हाम्र जलसम्पदा उसको आफ्नो बनाउने, दिनानुदिन सिमा अतिक्रमण गर्ने, स्वतन्त्र र स्वाभिमानी नेपालीलाई आफ्नो रैती ठान्ने नेपाली हरु तिम्रा गुलाम हैनन ।

विश्व हल्लाउने नेपालीलाई चलाएर तिमिहरुले राम्रो गरेका छैनौ । ढिलो चाँडो हामी तिम्रा कर्तुतको बदला लिएरै छाड्छौं र यो मुखर्जी भ्रमणकै बेलाबाट सुरु हुन्छ भनेर भनेका छन । यी सबै पेरिफेरिमा रहेर मुल्याङ्कन गर्दा मुखर्जीको भ्रमण त्यति सहज छैन । किनकी नेपाली हरु ईण्डिया देखि रिसाएर आगो भएका छन । यिनको भ्रमण आगोमा घिउ थप्ने बाहेक केही हैन ।

अर्को तिर मुखर्जी आउँदा चार सय सुरक्षा फौज त्यो पनि हतियार सहित आउने कुराले पनि नेपाली राजनितिमा तरंग फैलाईदिएको छ ।  नेपालको सुरक्षा संबेदनशिलता माथी  भारतिय दादागिरीको फेरि अर्को नाङ्गो हस्तक्षेपको रुपमा यसलाई लिनुपर्ने देखिन्छ ।  मुखर्जीले यो बुझ्दा हुन्छ नेपाली तिम्रा गुलाम हैनन । हिजो एउटा कम्पनीले दास बनाएका तिमिहरुले संसारले छुन नसकेको नेपाली हरुलाई जिस्काएर राम्रो गरेका छैनौ । बेलैमा नसुध्रीए नतिजा राम्रो आउने छैन।

जय देश ।।।

Post Comment