१९ कात्तिक । भारतिय राष्ट्रपति मुखर्जी जनकपुरबाट पोखरा उड्न लागेको खबर पाएलगत्तै पोखरामा अपरिचित समूहले बेलुनमा कालो झण्डा राखेर उडाएका छन्। करीब साढे १ बजेको समयमा दोबिल्ला क्षेत्रबाट बेलुनमा कालो झण्डा राखेर उडाइएको हो । करिब १०/१२ वटा बेलुनमा कालो झण्डा राखेर उडाइएको छ ।
यता प्रहरीले भने कालो झण्डा बेलुनमा राखेर उडाएको बिषयमा अनभिज्ञता प्रकट गरेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले बेलुनमा कालो झण्डा राखेर उडाएकोबारे कुनै जानकारी नआएको बताए । उनले भने, ‘म हरेक कुराको अपडेटमै छु, खै अहिलेसम्म त्यस्तो केही खबर आएको छैन ।’